18th February | 2019 | Monday | 4:44:49 PM

रविले मागे माफी

हिमालय टाइम्स   POSTED ON : Tuesday, 05 February, 2019 (12:55:38 PM)

रविले मागे माफी

काठमाडौं  । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले माफी मागेका छन् । अष्ट्रेलियाको ब्रिस्बेनमा आयोजित एक कार्यक्रममा लोकप्रिय लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ गाउँदा हुबहु नगाएको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन् । उनले गीत गाउँदा अधिकांश शब्द भुलेपछि उक्त गीतका संगीतकार वसन्त थापाले उनको आलोचना गरेका थिए । 

सोमबार रविले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘अहिले जनजनको मुखमा झुण्डिएको गीतको फर्माइस दर्शकमाझबाट आयो, मैले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकको अपार मागको अघि मैले जेजति आउँछ गाउनुपर्ने बाध्यता आइलाग्यो र सुरुमै मैले आग्रह गरेको थिएँ कि यदि त्रुटि भएमा क्षमाप्रार्थी हुनेछु ।’ यस्तै उनले हामी एक संगीतको विद्यार्थी भएको र सिक्ने अवसर दिनेमा आशावादी रहेको लेखेका छन् । गीतलाई होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोतादर्शकबाट माग भै आउँदा, श्रद्धापूर्वक गाउने प्रयासमात्र गरेको हुँ, त्यसैले यस सिर्जनासँग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउँछु, अनि आदरणीय सर्जकज्यूबाट सधँै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भई रहनेछ र हामीजस्ता संगीतका विद्यार्थीले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशावादी छु ।’ रविले आफू सिकारु भएको र अझै सिक्नेक्रममा छु भन्दै वसन्त थापालाई मोबाइलमा म्यासेस गरेका छन् । अहिले उक्त म्यासेजको स्क्रिनसट भाइरल भइरहेको छ । ‘म सधैं भन्ने गर्छु म सिकारु हुँ, सिक्ने क्रममा छु, म भूईंबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्ठभूमि कहिले भुल्दिन र भुल्ने छैन ।’ रविले म्यासेजमा लेखेका छन् ।


Views: 73