23rd April | 2019 | Tuesday | 10:13:05 AM

लोकप्रिय गायक बद्री पंगेनीले भने–हामी नै दोषी

हिमालय टाइम्स   POSTED ON : माघ २३, २०७५ (१२:१९ PM)

लोकप्रिय गायक बद्री पंगेनीले भने–हामी नै दोषी

काठमाडौं । केही समय अघिदेखि नेपाली लोकगीतको कपिराइटको विषयमा चर्चा चलिरहँदा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले आफूहरू नै दोषी रहेको बताएका छन् । उनी प्रतिष्ठानलगायत आफूहरूले यस विषयमा शिक्षा दिन नसकेकाले आफूहरू नै दोषी रहेको बताए ।

‘कतिपय कुरालाई नियमले बाँध्न सकिँदैन, कतिपय संस्कार आफँै पनि सिक्नुपर्छ, अहिले गीत गाउँदा नाम लिएन भन्ने कुरा आइरहेका छन्, प्रतिलिपिका कुरा जसले प्रयोग गरेको छ उहाँहरूले पनि जान्नुपर्ने कुरा हो,’ बद्रीले सोमबार मलेसियाको एक कार्यक्रमका लागि प्रस्थान गर्नेक्रममा हिमालय टाइम्ससँग भने । उनले कुनै पनि स्रष्टाको गीत गाउँदा स्रष्टालाई सम्मान गर्नुपर्छ भन्ने संस्कार आफूहरूले सिकाउन नसकेको बताए । ‘कुनै पनि स्रष्टाको गीत प्रयोग गर्दा, सम्बन्धित स्रष्टाको नाम लिनुपर्छ, उहाँहरूको सम्मान गर्नुपर्छ भनेर हामीले सिकाउन सकेका छैनौं, यसमा प्रतिष्ठान पनि दोषी छ, साथै रोयल्टी समाज, प्रस्तोता समाज सबैलाई दोषी मान्छु,’ बद्रीले भने ।  

बद्रीले प्रतिलिपि अधिकारको सम्मान गर्नका लागि आफैँले सिक्नुपर्ने बताए । ‘अहिले कुनै एक गीत अथवा व्यक्ति विशेषको कुरामात्र होइन, यो प्रवृत्तिको कुरा हो त्यसैले हामी सबै मिलेर समस्याको समाधान गर्नुपर्छ,’ उनले भने । उनले छिट्टै प्रतिलिपि अधिकार के हो भन्ने विषयमा नियम ल्याउने र प्रतिष्ठानका तर्फबाट सबैलाई सिकाउने प्रतिबद्धता गरे । 

केहिदिन अघिदेखि गायक रियालिटी शो नेपाल आईडल सिजन २ का विजेता रवि ओडले अस्ट्रेलियाको एक कार्यक्रममा लोकप्रिय लोकगीत ‘सालको पात’ गाउने क्रममा शब्द बिगारेर गाएको भन्दै संगीतकार वसन्त थापाले आलोचना गरेका थिए । साथै रबिले आफू सिक्नेक्रममै रहेको र आफूबाट भुल भएको भन्दै माफीसमेत मागिसकेका छन् । 


Views: 81

सम्बन्धित सामग्री:

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)

प्रमोदको झुमामा टुइन्स गर्ल

: बैशाख ८, २०७६ (११:४८ AM)