23rd April | 2019 | Tuesday | 9:44:33 AM

बिहे गर्दै सलमान

  POSTED ON : माघ २३, २०७५ (१२:२२ PM)

बिहे गर्दै सलमान

मुम्बई (एजेन्सी) । पचास वर्ष पुग्दा पनि अविवाहित रहेका बलिउड अभिनेता सलमान खानको विवाहको चर्चा निकै चल्ने गर्छ । उनको प्रेमको चर्चा पनि कहिल्यै सेलाएको हुँदैन । अहिले फेरी उनको बिहेको चर्चा चल्दैछ तर यो पटक भने ‘रियल लाइफ’ मा नभई ‘रिल लाइफ’ मा हुने बिहेको चर्चा चलेको हो ।

चलचित्र ‘भारत’ मा सलमानले अभिनेत्री कट्रिना कैफसँग बिहे गर्दैछन् । वास्तविक जीवनमा सलमानकी प्रेमिका भइसकेकी कट्रिनाको चलचित्रको बिहेको छायांकनको तयारी भइरहेको चलचित्र निर्माण टिमले जनाएको छ । यो चलचत्रि इदको अवसरमा २०१९ को जुन ५ मा प्रदर्शन हुँदैछ । अली अब्बास जफरको निर्देशन रहेको यो चलचित्रमा सलमान र कट्रिनाका साथमा दिशा पाटनी, तब्बु, ज्याक श्राफ, सुनील ग्रोवरलगायतको अभिनय रहेको छ ।


Views: 188

सम्बन्धित सामग्री:

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)

प्रमोदको झुमामा टुइन्स गर्ल

: बैशाख ८, २०७६ (११:४८ AM)