25th April | 2019 | Thursday | 2:29:32 PM

टिजरमा अनमोल–सुहानाको ए मेरो हजुर–३ (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : माघ २८, २०७५ (७:३७ AM)

टिजरमा अनमोल–सुहानाको ए मेरो हजुर–३ (भिडियोसहित)

काठमाडौं  । नायक अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर–३’ को ट्रिजर सार्वजनिक गरिएको छ । यस वर्षकै प्रतिक्षित चलचित्रका रूपमा हेरिएको यो चलचित्रको वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले ट्रिजर सार्वजनिक गरेको हो । एक मिनेट १३ सेकेण्डको ट्रिजरमा अनमोल र सुहानाको प्रेम देख्न सकिन्छ ।
चलचित्र सुहानाकै अमा नायिका झरना थापाले निर्देशन गरेकी हुन् । गत वर्ष ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको थियो । जुन सफल मानिएको थियो । ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानासँगै लोन बस्नते, अर्पण थापा, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ । सुनिलकुमार थापाको निर्माणमा बनेको यो चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्र आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ ।
यस्तै डेढ महिनाको अन्तरालमा अनमोलको दुई चलचित्र प्रदर्शन हुँदैछन् । अनमोलले नै अभिनय गरेको अर्को चलचित्र ‘क्याप्टेन’ आउँदो फागुन १७ बाट प्रदर्शनमा आउने तयारीमा छ । ‘क्याप्टेन’ मा अनमोल फुटबल खेलाडीको रूपमा देखिँदैछन् भने ‘ए मेरो हजुर–३’ मा ‘लभर ब्वाय’ को रूपमा देखिनेछन् ।


Views: 100

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)