19th August | 2019 | Monday | 8:53:49 PM

भ्यालेन्टाइनमा प्रदीप र जसिताको उपहार

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:५४ AM)

भ्यालेन्टाइनमा प्रदीप र जसिताको उपहार

काठमाडौं । अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले यस पटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा आफ्ना दर्शकलाई घाम जुन उपहार दिने भएका छन् । चलचित्र ‘लभ स्टेशन’को पहिलो गीत ‘चाहिँदैन घाम जुन...’ को भिडियो दर्शकलाई भ्यालेन्टाइन उपहारको रूपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् ।
नयाँ वर्षको अबसर पारेर यी जोडीको नयाँ फिल्म लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । छायांकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशनमा गत साता छायांकन गरिएको यो गीतको भिडियो अभिनेता प्रदीप र अभिनेत्री जसिताको हालसम्मकै सुन्दर स्थानमा छायांकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ ।
गीत सुगम पोखरेल र रेश्मा पुनमगरले गाएका हुन् । जसमा दीपक शर्माको शब्द संगीत छ । गीत रिलिजको काउन डाउन बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।
चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
सो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।


Views: 89

सम्बन्धित सामग्री:

पोखरामा जाइरा टिम

: भदौ १, २०७६ (१:५१ PM)