27th May | 2019 | Monday | 4:47:13 AM

घाम जुनको कुरा गर्दै प्रदीप–जसिता (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ३, २०७५ (५:५१ AM)

घाम जुनको कुरा गर्दै प्रदीप–जसिता (भिडियोसहित)

काठमाडौं । प्रणय दिवसको अवसर पारेर बिहीबार युवा स्टार प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिँदैन...’ बोलको नयाँगीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुनमगरको स्वर रहेको छ । भिडियोमा प्रदीप र जसिता घाम र जुनको कुरा गर्दै प्रेममा डुबेका छन् ।
भिडियोको छायाँकन भियतनामको दानांग, बाना हिल, ड्राइगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीजस्ता रमणीय ठाउँमा गरिएको छ । उक्त ठाउँमा यसअघि दर्जनौं हलिउड चलचित्र छायांकन भइसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको मागअनुसार नै यो सुन्दर ठाउँमा छायांकन गरिएको शाही बाताए ।
प्रदीपले भ्यालेन्टाइनको दिन सबै दर्शकका लागि उपहारस्वरूप चलचित्रको गीत सार्वजनिक गरेको जानकारी दिए । पारिवारिक प्रेम कथासँगै ‘लस्ट एण्ड फाउण्ड’ कथामा आधारित रहेको प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको चलचित्र परिपक्व बनेको उनले बताए, ‘लिलीबिलीबाट दर्शकले साह्रै माया गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन लभ स्टेशनबाट त्योभन्दा सार्थकरूपमा पर्दामा देख्न पाउनुहुनेछ,’ प्रदीपले भने ।
उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।


Views: 125

सम्बन्धित सामग्री:

मोदीको बायोपिकलाई २ करोड

: जेठ १२, २०७६ (१:०३ PM)