26th March | 2019 | Tuesday | 2:08:36 AM

एउटै फिल्ममा निरुता, दिलिप र उत्तम

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७५ (७:४१ AM)

एउटै फिल्ममा निरुता, दिलिप र उत्तम

काठमाडौं  । कुनै समय दर्शकले अत्यधिक मन पराएका कलाकारहरू पछिल्लो समयका चलचित्रहरूमा देख्न पाइँदैन । अक्कल झुक्कल विशेष भूमिकामा केही पुराना कलाकार देखिँदै आएका छन् । तर अब पुराता तर दर्शकले अत्यधिक मन पराएका तीन कलाकार नायिका निरुता सिंह र नायकद्वय दिलिप रायमाझी, उत्तम प्रधान एउटै चलचित्रमा देखिने भएका छन् । 

१८ वर्षअघि चलचित्र ‘दर्पण छायाँ’बाट स्थापित भएका यी तीन कलाकारले अभिनय गर्ने नयाँ चलचित्रको नाम भने खुलाइएको छैन । नायिका निरुताले दिएको जानकारीअनुसार दर्पण छायाँमा जुन कथाबाट चलचित्र सकिएको थियो, त्यहीँबाट कथा सुरु गरिनेछ । चलचित्रको कथा नायक उत्तम प्रधानले नै लेखेका छन् । उत्तमकै लगानी रहने यो चलचित्रमा अन्य कुनकुन कलाकार हुनेछन् भन्ने विषयमा भने खुलाइएको छैन । हाल भारतमा रहेको र नेपाल आएलगत्तै छायांकनमा निस्किने निरुताले बताएकी छन् । छायांकन अर्को वर्षबाट सुरु हुने बताइएको छ ।


Views: 62