26th March | 2019 | Tuesday | 2:17:44 AM

यस्तो छ प्रदीप–जसिताको लभ स्टेशनको ट्रेलर (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २२, २०७५ (५:४९ AM)

यस्तो छ प्रदीप–जसिताको लभ स्टेशनको ट्रेलर (भिडियोसहित)

काठमाडौं  । चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको मुुख्य भूमिका रहेको चलचित्र सार्वजनिक ट्रेलरमा दुईको प्रेम सम्बन्धको विषयलाई देखाइएको छ । जसिता र प्रकाश शाहबीचको विवाहको तयारी ट्रेलरमा देखाइएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ, त्यो बुझ्न फिल्म नै हेर्नु पर्नेछ । आउँदौ चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा कुनै पात्र लामो समयदेखि हराएको देखाइएको छ । अभिनेता प्रदीप खड्का भने उक्त हराएकोे पात्रको खोजीमा रहेको ट्रेलरमा देखाइएको छ । 

निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रको प्रस्तुतकर्ता गोविन्द शाही हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेको लभ स्टेशन काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिशा कार्कीको संगीत छ ।


Views: 56