27th May | 2019 | Monday | 5:26:04 AM

फ्यान ग्रुपसँग प्रदीपको जन्मदिन

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७५ (५:३८ AM)

फ्यान ग्रुपसँग प्रदीपको जन्मदिन

काठमाडौं  । नायक प्रदीप खड्काले आइतबार आफ्नो २८औं जन्मदिन मनाएका छन् । प्रदीप खड्का फ्यान क्लबले उनको जन्मदिन विशेष बनाइदियो । उनको जन्मदिनको अवसरमा आधादर्जन बढी केक काटिएको थियो ।प्रदीप खड्का फ्यान क्लबनामक फेसबुक ग्रुपमा प्रदीपले फ्यानसँगै बोल्दै पनि आएका थिए । त्यसै ग्रुपमा आबद्ध युवती फ्यानले उनको जन्मदिन मनाइदिएका हुन् । उनको जन्मदिनमा शुभकामना दिनका लागि धरान, चितवन, पोखरादेखिका फ्यान काठमाडौं आएका थिए । प्रदीपले यसपालिको जन्मदिन विशेष भएको बताए । आफ्ना फ्यान जन्मदिनमा धेरै टाढाबाट आएर पनि जन्मदिन विशेष बनाइदिएकामा प्रदीपले सबैलाई धन्यवाद दिए । उनलाई पहिलोपटक भेटेका केही फ्यान उनलाई झम्टिएरै रोएका थिए । आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रदीप अभिनित चलचित्र ‘लभ स्टेशन’ का निर्माता गोविन्द शाही र चलचित्र टिम नै उनीसँगै प्रचारप्रसारका लागि हिडेको छ । आइतबार साँझ जन्मदिनको अवसर पारेर पत्रकार भेटघाट कार्यक्रम पनि गरिएको थियो । जहाँ चलचित्रका बारेमा जानकारी गराइएको थियो । प्रदीपले चलचित्रको ट्रेलर सार्वजनिक भइसकेपछि आफू निकै उत्साहित भएको बताए । ट्रेलरबाट आएका सकारात्मक प्रतिक्रियाले आफूहरूलाई खुसी लागेको निर्माता गोबिन्द शाही बताउँछन् ।


Views: 70

सम्बन्धित सामग्री:

मोदीको बायोपिकलाई २ करोड

: जेठ १२, २०७६ (१:०३ PM)