27th May | 2019 | Monday | 4:55:43 AM

पाँडेको भूमिकामा पाण्डे समाजको आपत्ति

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २९, २०७५ (६:१९ AM)

पाँडेको भूमिकामा पाण्डे समाजको आपत्ति

काठमाडौं । लोकप्रिय टेलिभिजन सिरियल ‘भद्रगोल’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)को भूमिकाप्रति नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ । विगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको मिडिया हव पालिले निर्माण गर्दै आएको ‘भद्रगोल’मा पाँडे नामबाट देखाइएका कपोलकल्पित दृश्यबाट मुलुकभरका पाण्डेहरूको मनमा चोट पुगेको भन्दै समाजले त्यस्ता दृश्य प्रदर्शन स्वीकार्य नभएको विज्ञप्तिमार्फत जनाएको छ । समाजका महासचिव सागर पाण्डेयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘भद्रगोलमा पाँडे पात्रलाई अतिरायोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरूको मनमा चोट पु¥याएको महसुस गरिएको हुँदा र समाजमा दुखेसो प्राप्त भएकाले समाजको ध्यान केन्द्रित भएको छ’ विज्ञप्तिमा यस पाण्डे समाजले समाजमा असर पु¥याउने कथा र प्रदर्शनलाई नस्विकार्ने भन्दै मिडिया हवका प्रबन्ध निर्देशकलाई ध्यानाकर्षण गराएको छ । 


Views: 66

सम्बन्धित सामग्री:

मोदीको बायोपिकलाई २ करोड

: जेठ १२, २०७६ (१:०३ PM)