25th May | 2019 | Saturday | 9:03:45 PM

श्रमदान गर्दै धुर्मुस–सुन्तली

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:२६ AM)

श्रमदान गर्दै धुर्मुस–सुन्तली

काठमाडौं । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले श्रमदान गरेका छन् । गत मंगलबार र बुधबार निर्माणस्थलमै पुगेर धुर्मस–सुन्तलीले बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्नेजस्ता काम गरेका हुन् । 

भरतपुर महानगरपालिका वडा १५ मा निर्माणाधीन रंगशालमा सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारी आवास निर्माणको काम भइरहेको छ । निर्माणस्थललाई जस्ताले घेरिएको छ । प्रारम्भिक चरणको काम भइरहेको छ । उनीहरूले स्थानीयलाई रंगशाला निर्माण नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबैलाई लाग्न आग्रह गरे । 

आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरू आफंै कार्यक्षेत्रमा खटिएर श्रमदानसमेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निर्माण गर्न लागिएको छ । कट्टेल र घिमिरे एकै ठाउँमा बसेर स्थानीयसँग भेटघाट गरिरहेका थिए ।

रंगशालाको संयोजक संस्था धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलका अनुसार हालसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ । तीन करोड नेपालीहरूको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैले आआफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपनाहो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भन्छन्, ‘यो देश विकासका लागि सबै एक हुने समय आएको छ ।’


Views: 82