24th April | 2019 | Wednesday | 9:46:40 PM

प्रदीपको आँगनीमा जसिता (भिडियो)

हिमालय टाइम्स   POSTED ON : चैत्र ५, २०७५ (५:३७ AM)

प्रदीपको आँगनीमा जसिता (भिडियो)

काठमाडौं । यही चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मेरो आँगनीमा आज जुन उदायो...’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको प्रेम देखाइएको छ । 

भिडियोमा प्रदीप एक गायकको रूपमा गीत गाइरहेका छन् । वरिष्ट संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वर छ ।

चलचित्रमा प्रदीप एक लोक व्याण्डका गायक हुन्छन् । ‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु । सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रसंसा यो गीत गाउँछु’, प्रदीपले भने । यो चलचित्रमा आफू कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् । 

गीत लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले अहिले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रमा यो गीतमार्फत अभिनेता प्रदीपलाई गायकको रूपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा आफूहरू प्रचार प्रसारमा व्यस्त रहेको पनि प्रस्तुतकर्ता शाहीले जानकारी गराए । उनका अनुसार लभ स्टशन टिमले मंगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ । 

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


Views: 94

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)