26th June | 2019 | Wednesday | 9:31:21 PM

यात्रामा सलिनको एक्सन (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : चैत्र १२, २०७५ (५:२५ AM)

यात्रामा सलिनको एक्सन (ट्रेलरसहित)

काठमाडौं । अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा सलिनको एक्सन पनि देख्न सकिन्छ । उनी चलचित्रमा एक भिल्गष्टको भूमिकामा छन् । ट्रेलरमा कमेडीको पाटोलाई पनि उत्तिकै ध्यान दिइएको छ । 

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ । मल्लिका महतले डेब्यु गर्दै छिन् भने यसमा विदेशी कलाकार चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

चलचित्रमा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता रहेका छन् । 

चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेश रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । 

चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, वनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको संगीत रहेको छ । चलचित्रमा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ । 


Views: 422