24th April | 2019 | Wednesday | 9:56:38 PM

ए मेरो हजुर ३ ट्रेलरः अनमोलको फ्यान सुहाना (भिडियो)

हिमालय टाइम्स   POSTED ON : चैत्र १४, २०७५ (५:४८ AM)

ए मेरो हजुर ३ ट्रेलरः अनमोलको फ्यान सुहाना (भिडियो)

हिमालय टाइम्स । यही चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा चलचत्रिका नायक अनमोल केसी र सुहाना थापाको प्रेमलाई देखाइएको छ । 

चलचित्रमा अनमोल एक सेलिब्रेटीको रूपमा देखिनेछन् भने सुहानालाई अनमोलको फ्यानको रूपमा देख्न सकिन्छ । ट्रेलरमा अनमोलले फ्यान सुहानालाई प्रेम गरेका छन् । झरना थापा निर्देशित यो चलचित्र यस वर्षको प्रतिक्षित चलचित्र हो । गएको फागुन १७ गतेबाट प्रदर्शनमा आएको अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’पनि हलमा प्रदर्शन भइरहेको छ । 

केही समयअघि सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको एक गीत सार्वजनिक भएको थियो । जुन गीतलाई दर्शकले मन पराएका थिए । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झालगायत कलाकारको अभिनय छ । झरना थापा यो चलचित्रको निर्देशकसँगै निर्मात्री हुन् । 


Views: 334

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)