24th April | 2019 | Wednesday | 10:14:51 PM

चलचित्र कालो बर्षको पहिलो गीत सार्वजनिक– हेर्नुस् भिडियोसहित

हिमालय टाइम्स   POSTED ON : चैत्र १४, २०७५ (९:२४ AM)

चलचित्र कालो बर्षको पहिलो गीत सार्वजनिक– हेर्नुस् भिडियोसहित

 काठमाडौ । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । उक्त गित वुधबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो । गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट प्रदर्शन हुँदैछ ।


Views: 337

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)