24th July | 2019 | Wednesday | 2:45:04 PM

माग्नेबुढाको जन्मदिनमा मागेकै तस्वीर उपहार

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७५ (७:४१ AM)

माग्नेबुढाको जन्मदिनमा मागेकै तस्वीर उपहार

काठमाडौं । माग्ने बूढाको उपनामबाट चिनिएका कलाकार केदार घिमिरेले बिहीबार आफ्नो ४४औं जन्मदिन मनाएका छन् । दिउँसो १२ बजे राजधानीको रेडियोअडियो प्रांगणमा केही चलचित्रकर्मीसँग उनले जन्मदिनको केक काटेका हुन् । माग्ने बूढा अभिनित चलचित्र ‘छक्का पञ्जा’को टिमको तर्फबाट उनकै तस्वीर राखिएको फोटो फ्रेम उपहार दिइएको थियो । तस्वीरमा माग्नेको भेष पनि समावेश गरिएको छ । तस्वीर सुन्दर श्रेष्ठले डिजाइन गरेका हुन् । केदारले दर्शकको मायाले यहाँसम्म आएको भन्दै सम्पूर्णलाई धन्यवाद दिए । साथै आफूलाई कलाकारहरूकै साथ पनि सधैं रहेको बताए । 

कलाकार दीपकराज गिरी, दीपा श्री निरौलाले माग्नेबूढाको कामको तरिफ गरे । ‘नेपाली दर्शकमा जतिले माग्नेबूढालाई चिन्नुहुन्छ सबैले उसलाई माया गर्नुहुन्छ जस्तो लाग्छ’, दीपकले भने । जन्मदिन सेलिब्रेशनमा जितु नेपाल, सीताराम कट्टेल, कुञ्जना घिमिरेलगायतको उपस्थिति थियो ।


Views: 142

सम्बन्धित सामग्री: