24th July | 2019 | Wednesday | 2:54:00 PM

यात्रामा परिपक्क सलिनमान

  POSTED ON : बैशाख १, २०७६ (९:१५ AM)

यात्रामा परिपक्क सलिनमान

काठमाडौं (हिटा) । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रास् अ म्युजिकल भ्लग’ले अहिले देशभरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैबीच शुक्रबारै गरिएको विशेष शोबाट पनि चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया मिलेको छ । 

यात्रा हेरिसकेपछि अभिनेता सलिनमान बनियाँको कामको तारिफ धेरैले गरेको थिए । सलिनको यो दोस्रो चलचित्र हो । ‘ए मेरो हजुर २’बाट अभिनय यात्रा सुरु गरेका सलिनको काममा अझ परिपक्कता आएको प्रतिक्रिया धेरैले दिएका थिए ।

यो चलचित्रमा सलिनको एक्सन पनि देख्न पाइन्छ । चलचित्र हेर्न पुगेका अभिनेता शिव श्रेष्ठ, दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखाथापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, निर्देशक मिलन चाम्स, निर्देशक अपिल विष्ट सहित टेलिसिरियल भद्रगोल टिमले चलचित्रको मेकिङ, कथावस्तु तथा कलाकारहरूको कामको तारिफ गरेका थिए ।

चलचित्र हेर्न आँखाको ज्योति गुमाएर पनि धेरैको प्रेरणा बनेकी सृष्टि केसी पनि आइ पुगेकी थिइन् । चलचित्रमा डेब्यु गर्ल मलिका महतले ‘ब्लाइन्ड’को भूमिका निर्वाह गरेकी छिन् । ‘हामी आत्म निर्भर हुन्छौं र हामीले आफूलाई कसरी सबल बनाउँछौं भन्ने प्रेरणा फिल्मले दिन्छ’, सृष्टिले चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै भनिन्, ‘यस विषय वस्तुमा फिल्म बनाउनु भएकोमा मेकरलाई धन्यवाद ।’

चलचित्रमामा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्दलामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ । यसै चलचित्रमार्फत मलिका महतले डेब्यु गर्दै छिन् । 


Views: 132

सम्बन्धित सामग्री: