24th July | 2019 | Wednesday | 2:21:00 PM

अनमोल र सुहानालाई दर्शकले उचाले पछि

  POSTED ON : बैशाख १, २०७६ (९:१८ AM)

अनमोल र सुहानालाई दर्शकले उचाले पछि

काठमाडौं (हिटा) । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ३’ले अहिले हाउसफूलका साथ व्यापार गरिरहेको छ । शुक्रबारको नजरमा शनिबार यो चलचित्रले आक्रमक व्यापार गरेको छ । लामो समयदेखि कम दर्शक पाएका हलमा हाल दर्शक भरिएका छन् ।

यसैबीच चलचित्रका नायक अनमोल केसी, नायिका सुहाना थापा र निर्देशक झरना थापाको टिमले शनिबार राजधानीका दुई ठूला हल गोपीकृष्ण र अष्ट नारायणमा दर्शकको माहोल बुझ्न पुगेका छन् । चावहिलस्थित गोपीकृष्ण हलमा चलचित्र टिम पुग्दा दर्शकले अनमोल र सुहानालाई उचालेका थिए । 

बिहान १० बजे अष्टनारायण र दिउँसो १ बजे गोपीकृष्ण हल पुग्दा दर्शकको थामिनसक्नुको भीड देखिन्थ्यो । ठूलो संख्यामा दर्शकहरू टिकट नपाएर चलिरहेको अर्को नेपाली फिल्म र विदेशी फिल्म हेर्न बाध्य भएका थिए भने कति घर फर्किएका थिए । अष्टनारायण र गोपीकृष्ण हलमा उनीहरूको इन्ट्री भएपछि साथमा रहेका बडिगार्डलाई दर्शकको भीड सम्हाल्न हम्मेहम्मे परेको थियो । दुवैले दर्शकलाई धन्यवाद दिँदै चलचित्रमा समावेश गीत पनि गाएर सुनाए । 

शनिबार काठमाडांै, पोखरा, चितवन, धरान, विर्तामोड, हेटौँडा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, दमकलगायत शहरमा चलचित्रको व्यापार आक्रामक छ ।


Views: 141

सम्बन्धित सामग्री: