24th April | 2019 | Wednesday | 9:32:05 PM

डिजे आकान्य जंगसँग झुम्यो चपुर

श्याम कार्की   POSTED ON : बैशाख २, २०७६ (११:३७ AM)

डिजे आकान्य जंगसँग झुम्यो चपुर

रौतहट । नयाँ वर्षको दिन काठमाडौँका डिजे आकान्य जंगले चन्द्रनिगाहपुरमा युवायुवतीलाई नचाएका छन् । नयाँ वर्षको अवसरमा बजारटोल युवा क्लवकोे आयोजनामा गरिएको सास्कृतिक कार्यक्रम तथा डिजे पार्टी कार्यक्रममा डिजे आकान्य जंगले नयाँ पुराना नेपाली, हिन्दी तथा अंग्रेजी गीत बजाएर युवायुवतीहरुलाई साँझ अबेरसम्म नचाएका थिए । नयाँ वर्षको दिन डिजेको तालमा नाँचन पाउँदा युवायुवतीहरु निकै रमाएका थिए । उनीहरुलाई डिजे आकान्यले करिब ३ घण्टा मज्जाले नचाएका थिए । कार्यक्रममा सहभागीहरु डिजेको तालमा मस्त हुँदै झुमिरहेका थिए । नयाँ वर्षको दिन डिजेको तालमा विन्दास भएर नाँच्न पाउँदा निकै रमाइलो लागेको चन्द्रपुर – ४ कि सुष्मा घिमिरेले बताइन् । उनले डिजेको धुनमा नाँच्ने सुरुमा कतिखेर ३ घण्टा बितेको पत्तै नपाएको अनुभव सुनाउँदै यसपालिको अरु वर्षभन्दा फरक र रमाइलो भएको अनुभव सुनाइन् । 

काठमाडौँदेखि आएका डिजे आकान्यले चन्द्रनिगाहपुरका युवायुवतीमा आफुले निकै जोश र उत्साह पाएको बताउँदै आगामि दिनमा पनि मौका पाए फेरि फर्किएर चन्द्रनिगाहपुर आउन मन लागेको धारणा राखे । उनले अरुलाई नचाउने काम सजिलो नभएको भन्दै यसका लागि नाच्ने मान्छेहरुको मुड हेरेर गीत छनौट गर्न सक्नुपर्ने अनुभव सुनाए ।

आयोजक बजारटोल युवा क्लवका संयोजक अनुज कुश्वारले नयाँ वर्षमा सबैजना खुसी हुँदै, रमाउँदै, नाँच्दै मनाउन भनेर कार्यक्रमको आयोजना गरिएको बताए । उनले संगीत र नृत्यले मानिसहरुमा नयाँ इर्नजी आउने र त्यसले गर्दा मानिसहरु स्वस्थ्य रहुन भन्ने मनासयले कार्यक्रमको गरिएको धारणा राखे । कार्यक्रममा ¥यापरहरु एस टी म्यान र फोर ट्वान्टीले आप्mना चोटिलो र जोशिलो ¥याप सहभागिहरुलाई झुमाएका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का सांसद धनलाल ठोकरले तथा विशिष्ट अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्ग बहादुर कुश्वारले गरेका थिए । कार्यक्रमको संचालन युभाष श्रेष्ठ तथा मनिता पाण्डेले गरेका थिए । 

फोटो : सास्कृतिक कार्यक्रम तथा डिजे पार्टी कार्यक्रममा रमाउँदै युवायुवती । तस्विर : श्याम कार्की


Views: 86

सम्बन्धित सामग्री:

विराजले माफी मागे

हिमालय टाइम्स : बैशाख ११, २०७६ (६:५६ AM)

ट्रेलरमा सलमानको भारत

एजेन्सी : बैशाख १०, २०७६ (७:०४ AM)

रेश्मा भइन् मिस नर्स

: बैशाख ९, २०७६ (६:३९ AM)