25th May | 2019 | Saturday | 3:17:56 AM

प्रमोदको झुमामा टुइन्स गर्ल

  POSTED ON : बैशाख ८, २०७६ (११:४८ AM)

प्रमोदको झुमामा टुइन्स गर्ल

काठमाडौं (हिटा) । गायक प्रमोद खरेलको नयाँ गीत ‘झुमा झुमा’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा गायक प्रमोदसँगै अभिनेता पल शाह, टीक टक मोबाइल एप्सबाट चिनिएका जुम्ल्याहा (टुइन्स) दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय छ ।

गीतको म्युजिक भिडियो चर्चित हास्यटेलिसिरियलका शृंखला निर्देशक एवं कलाकार काकु अर्थात् दीपक आचार्यले निर्देशन गरेका हुन् । हिमान्सु राइमाझीको शब्द तथा भीम विसीको संगीतमा रहेको गीतको भिडियो शुभम् भुजेलले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियो दीक्षा क्रियसनले बजारमा ल्याएको हो ।

गीत झुमाको भाग २ हो या के हो भन्ने सन्दर्भममा गायक प्रमोद खरेल भन्छन्, ‘यस गीतमा झुमा झुमा भन्ने शब्दमात्रै दोहोरिएको हो । यसका रचनाकार तथा संगीतकार सबै फरक भएकोले यसलाई झुमा २ भन्न मिल्दैन होला । तर दर्शकले यसलाई झुमा २ नै भन्नु हुन्छ होला ।’

गायक प्रमोद खरेल र नायक पल शाहसँग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरू निकै भाग्यमानी भएको भन्दै गीत छायाकन गर्दा रमाइलो भएको अनुभव साटेका छन् । गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यस अघि पनि प्रमोद खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रोपटक काम गर्दा खुशी लागेको बताए । सार्वजनिक भएको गीतलाई आफ्नो यसअघिको कामलाई जस्तै गरी माया गर्ने विश्वास व्यक्त गरेका छन् ।

 


Views: 148