22nd May | 2019 | Wednesday | 3:00:21 AM

रेश्मा भइन् मिस नर्स

  POSTED ON : बैशाख ९, २०७६ (६:३९ AM)

रेश्मा भइन् मिस नर्स

काठमाडौंं । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैटांै संस्करणको उपाधि काठमाडांै कीर्तिपुर निवासी २२ वर्षीया रेश्मा प्रसाईंले जितेकी छन् । शीर्षसहित ब्युटि विथ ब्रेनको उपाधिसमेत हात पारेकी प्रसाईंले २५ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले नगद ५० हजारसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । ओम हेल्थ कलेज चावहिलकी बिएससी नसिङको पास आउट विद्यार्थी हुन् । प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फष्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेण्ड रनरअप घोषित भए । दुवैले क्रमशः नगद ३० हजार र २० हजारसहित भिविन्न गिफ्ट हात पारे ।

नर्सिङ पेशामा संलग्न नर्सहरूको व्यावसायिक जीवनलाई समाज सामु साक्षात्कार गराएर उनीहरूको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिँदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुतिमार्फत् व्यक्त गर्ने उद्देश्यअनुरूप ‘मिस नेपाल पिस’ आयोजना हँुदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । नेपाल ब्रिस्ट क्यान्सर फाउण्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी थियो । प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डिसी वेष्ट वाक, प्रीति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोष्ट डिसिप्लिन, अनिता बस्नेत पब्लिक च्वाइस, नवीना महर्जन सोसियल्ली रेस्पोन्सिबल तथा सरगम गुरुङ मोष्ट पपुलर विधाका विजेता चुनिए । कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवाअन्तर्गत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशील बाल सेवा परिवारलाई हस्तान्तरण गरेको छ ।


Views: 137