24th July | 2019 | Wednesday | 7:53:11 AM

ट्रेलरमा सलमानको भारत

एजेन्सी   POSTED ON : बैशाख १०, २०७६ (७:०४ AM)

ट्रेलरमा सलमानको भारत

मुम्बई । यस वर्षको बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सलमान खान र कटरीना कैफको मुख्य भूमिका हरेको यो चलचित्र आउँदो जुन ५ बाट विश्वव्यापी प्रदर्शनमा आउँदै छ ।

३ मिनेट ११ सेकेण्डको ट्रेलरको सुरुवात भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको संवाद भएको छ । ट्रेलरमा सलमानसँगै कटरिना, दिशा, सुनील र ज्याकीलाई पनि देख्न सकिन्छ । सलमान र कटरिनाको रोमान्टिक केमेस्ट्री पनि देखाइएको छ । दिशा पाटनी, तब्बु ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । अली अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्र कोरियन फिल्म ‘ओड टू माई फादर’को हिन्दी रिमेक हो । ट्रेलरमा सलमानलाई पाँच अलगअलग लुक्समा देख्न सकिन्छ । 


Views: 917