21st July | 2019 | Sunday | 5:08:34 PM

विराजले माफी मागे

हिमालय टाइम्स   POSTED ON : बैशाख ११, २०७६ (६:५६ AM)

विराजले माफी मागे

काठमाडौं  । अभिनेता विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । विराटले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’को विषयलाई लिएर सोमबार बेलुकी कुराकानीको क्रममा विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए । जवाफमा पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए । तर पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् । 

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतिमै कुरा टुंगिएको बताए । ‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर दुवैजना सहमतिमा आएर कुरा टुंगिएको छ’, लामाले भने । 

नायक भट्टले पाण्डेलाई प्रोडक्शन डिजाइनरको रूपमा पुसमै सम्झौता गरेका थिए । तर, चलचित्रको छायांकन फागुनबाट सुरु गर्नेभन्दा भन्दै वैशाखको मध्य भागसम्म पनि सुरु हुन सकेको छैन । यसैकारणले पाण्डेले ढिलाइका कारण काम नगर्ने बताएका थिए । तर विराजले काम नगर्ने भए पैसा फिर्ता देऊभन्दा कुराकानीका क्रममा झगडा उत्पन्न भएको थियो । अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रूपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि विराजलाई पारिश्रमिकको सम्झौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ । विराज आफंैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए । ‘साङ्लो’मा विराजको निर्माण तथा निर्देशन रहनेछ ।


Views: 132

सम्बन्धित सामग्री: