25th May | 2019 | Saturday | 2:36:59 AM

पूजा र आकाशको म्युजिक भिडियो

  POSTED ON : बैशाख २९, २०७६ (१२:३९ PM)

पूजा र आकाशको म्युजिक भिडियो

काठमाडौं । लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्वीर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । 

सनुप पौडेल र निशा कँडेलको स्वर रहेको गीतमा विष्णु बाबु देवकोटाको शब्द तथा टीका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् । 

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्ध थापाको छायांकन, सविना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो ।


Views: 91