25th May | 2019 | Saturday | 3:27:12 AM

कामना फिल्म अवार्ड्स - आवेदन खुला

  POSTED ON : बैशाख ३०, २०७६ (१:२७ PM)

कामना फिल्म अवार्ड्स - आवेदन खुला

काठमाडौं । सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६ मा सहभागी हुनका लागि आवेदन खुला गरेको छ । कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आइतबार प्रेस सामग्री जारी गर्दै पाँचांै संस्करणको कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन खुला गरेको जनाएको छ । यो अवार्ड सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना हुँदै आएको छ । 

सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागिता जनाउन सक्नेछन् । आवेदन निःशुल्करूपमा भर्न पाइने व्यवस्था गरिएको छ । 

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा एक नयाँ विधा लक्स स्टार अफ द इयरसमेत थपिएको छ । स्टार अफ द इयर थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ ।

प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा प्रतिस्पर्धा गर्न अनिवार्य नभएकाले प्रतिस्पर्धामा सामेल हुनलायक लागेको विधामा मात्र कलाकार तथा प्राविधिकको नाम भर्न सकिने तथा १ भन्दा बढी गीत भएको खण्डमा समेत प्रतिस्पर्धा गर्नलायक लागेको गीतको गीतकार, संगीतकार, गायक, गायिका र नृत्य निर्देशकको नाममात्र पनि आवेदनमा भर्न सकिने व्यस्वस्था गरिएको छ ।


Views: 74