24th August | 2019 | Saturday | 12:48:15 AM

श्रेष्ठ दिदिबहिनीद्धारा ४० घण्टा नृत्य गरेर विश्व रेकर्ड कायम गर्ने घोषणा

  POSTED ON : जेठ २, २०७६ (५:२५ PM)

श्रेष्ठ दिदिबहिनीद्धारा ४० घण्टा नृत्य गरेर विश्व रेकर्ड कायम गर्ने घोषणा

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् । 

बिहीबार गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराइएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् । 

कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड ईभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुई वटा विश्व रेडर्क कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए । लामाले विश्व रेडर्क कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीहरुमा आफूले अदभुत क्षमता पाएको पनि सुनाए । 

कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए । उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन । 

यसअघि यो किर्तीमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए । 


Views: 175