20th September | 2019 | Friday | 9:37:22 AM

फ्राइडे रिलिज : हलमा जात्रै जात्रा र वीर विक्रम २

हिमालय टाइम्स   POSTED ON : जेठ ३, २०७६ (११:१६ AM)

फ्राइडे रिलिज : हलमा जात्रै जात्रा र वीर विक्रम २

काठमाडौं । आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुई चलचित्र नै यसअघिका चलचित्रको सिक्वेल हुन् । अर्थात् सफल चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ हो भने ‘वीर विक्रम’ चलचित्रको दोस्रो सिरिजको रूपमा ‘वीर विक्रम २’ रहेको छ । 

यस अघिको जात्राको कथाको निरन्तरता ‘जात्रै जात्रा’ मा हेर्न पाइने निर्माण टिमले जनाएको छ भने ‘वीर विक्रम २’ वीर विक्रमको कथा लगातार हुने छैन । यसमा कथा र केही कलाकार फेरिएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यसअघि जात्रा र शुत्रगते चलचित्र निर्देशन गरेका प्रदीपको यी दुवै चलचित्र सफल भए । त्यसैले, पनि उनलाई जात्रैजात्रा सफल बनाउनुमा चुनौती छ । यसपटक सफलताको हृयाट्रिक गर्ने दाउमा छन् । 

जात्रै जात्रालाई मल्टिप्लेक्स सिनेमा हलले उच्च सो दिएको छ । राजधानीभित्र र बाहिरका लागि बुधबार साँझबाट मल्टिप्लेक्समा बुकिङ खुला गरिएसँगै दर्शकको चासो बढेको देखिन्छ । अग्रिम बुकिङमा चलचित्रलाई क्युएफएक्सले राजधानीको ५ स्टेसनमा १९ सोज बाँडेको छ । 

यस्तै, मोफसलतर्फ क्युएफएक्सको पोखराको सिनेप्लेक्स हलमा चार सो, चितवनको जलमा हल, नेपालगञ्जको बागेश्वरी हल र विर्तामोडको हलमा फिल्मले ३ र ३ सोजमा आफ्नो उपस्थिति जनाउँदै छन् । यस्तै, राजधानीमा सञ्चालित अन्य मल्टिप्लेक्स हलहरूले क्युज सिने र सिडिसी सिनेमाले फिल्मलाई पाँच÷पाँच सो बाँड्दा बिग मुभिज, एफक्युब, र बिएसआर मुभिजले समान्तर चार सो प्रदान गरेका छन् । 

 चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरूको अभिनय छ । 

यस्तै, चलचित्र ‘वीर विक्रम २’ ले पनि क्युएफएक्स चेनले राजधानीको पाँच स्टेसनमा १२ सो पाएको छ । चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।


Views: 182