20th September | 2019 | Friday | 9:29:06 AM

चलचित्र पत्रकार सम्मानित

हिमालय टाइम्स   POSTED ON : जेठ ९, २०७६ (११:०६ AM)

चलचित्र पत्रकार सम्मानित

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २०औं वार्षिक उत्सवको अवसरमा यस क्षेत्रमा योगदान पु¥याएका पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएममा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । 

संघका सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा अन्य चलचित्रकर्मीको उपस्थिति थियो ।


Views: 119