27th June | 2019 | Thursday | 4:20:58 AM

किन प्रहरी सामु पुगे निर्देशक मिलन चाम्स ?

हिमालय टाइम्स   POSTED ON : जेठ १३, २०७६ (७:५० AM)

किन प्रहरी सामु पुगे निर्देशक मिलन चाम्स ?

काठमाडौं । चलचित्र ‘वीर वीक्रम २’का निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो चलचित्र तथा कलाकारको अनमान गरेको भन्दै मेमे नेपाल नामक युट्युव च्यानल तथा फेसबुक पेजविरुद्ध उजुरी दिएका छन् । 

आइतबार बिहानै मिलनले महानगरीय प्रहरी प्रभाग टेकू पुगेर क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गराएका हुन् । उनले अभियुक्त फरार भएकाले पक्राउ पूर्जीसमेत भइसकेको बताए । मिलनले अभियुक्तविरुद्ध एक करोडसम्मको क्षतिपूर्ति माग गरेको बताएका छन् । 

‘हामीले महिनौं समय लगाएर करोडौं खर्चिएर फिल्म तयार पार्छौं, बिना गल्ती चलचित्र र चलचित्रका कलाकारलाई थानाथरी भनिएको हुन्छ । कलाकारहरूको अपमान गरिएको हुन्छ । कसरी हेरेर बस्न सक्छौं ।’ मिलनले सञ्चारकर्मीसँग भनेका छन् । ‘यो पहिलो पटक भएको भने होइन तर कसै न कसैले बोल्नुपर्ने देखिन्थ्यो ।’


Views: 67