27th June | 2019 | Thursday | 3:45:27 PM

प्रितम र आयुषलाई भव्य स्वागत

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७६ (७:१८ AM)

प्रितम र आयुषलाई भव्य स्वागत

काठमाडौं । भारतीय टेलिभिजन जी टिभीको ‘रियालिटी सो सारेगमप लिटिल च्याम्पमा’को आइतबार राति भएको ग्राण्ड फिनालेमा नेपालका प्रितम आचार्य तेस्रो र आयुस केसी चौथो भएसँगै उनीहरू स्वदेश फर्किएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयुषलाई भव्य स्वागत गरियो । उनलाई आफन्त, साथी र गुरुवर्गसहित शुभचिन्तकले विमानस्थलमै भव्य स्वागत गरेका थिए ।

यस्तै, सेकेन्ड रनरअप भएका प्रितमलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुलनजिकै पुगेका थिए । उनलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो । ६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने प्रितम सुनसरी इटहरीका हुन् भने आयुष भक्तपुरका हुन् । 


Views: 51