19th September | 2019 | Thursday | 8:15:47 PM

प्रितम आचार्य बने बाल सद्भावना दुत

  POSTED ON : जेठ २८, २०७६ (३:२७ PM)

 प्रितम आचार्य बने बाल सद्भावना दुत

इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई बाल सदभावना दुत घोषणा गरेको छ ।

 आज एक कार्यक्रमकाबीच कार्यवाहक नगर प्रमुख लक्ष्मी गौतमले बालसद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गरिन् । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन्  । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताइन् । 

बालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सर्पोट र माया प्रति धन्यवाद दिए । भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान  र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर सोमबार इटहरी फर्किएका हुन । प्रितमले वालसद्भावना दुत घोषणा  कार्यक्रममा देशले रगत मागे मलाई वलि चढाउ बोलको चर्चित गीत गाएका थिए ।


Views: 128