27th June | 2019 | Thursday | 5:11:56 PM

लभ आज कल २ मा कार्तिक

एजेन्सी   POSTED ON : जेठ २९, २०७६ (६:४८ AM)

लभ आज कल २ मा कार्तिक

मुम्बई । बलिउडका अभिनेता कार्तिक आर्यन अहिले चलचित्र ‘लभ आज कल २’मा व्यस्त छन् । यस चलचित्रमा कार्तिक अभिनेत्री सारा अली खानसँग जोडी बाँध्दै छन् । बलिउड सिने क्षेत्रमा चर्चा भएअनुसार कार्तिक सारा अली खानसँग प्रेममा रहेका छन् । तर दुवैले यस बारेहालसम्म केही बोलेका छैनन् ।

आर्यन अभिनित चलचित्र ‘सोनु कि टिटु की स्विटी’ र ‘लुका छुप्पी’ले बक्सअपिसमा राम्रो ब्यापार गरेपछि उनी निकै चर्चामा आएका हुन् । प्रेमकथामा आधारित ‘लुका छुप्पी’ले अझ उनको डिमाण्ड बढाएको छ । उक्त चलचित्रमा उनले कृति सेननसँग जोडी बाँधेका थिए । 

चलचित्र निकै हिट भएको थियो । ‘लभ आज कल २’को छायाकंन सकिएलगत्तै उनी मुदस्सर अजिजले निर्देशन गर्ने चलचित्र ‘पति पत्नी और वो’ को छायांकन सुरु गर्दैछन् । उनको जोडी बनेर अनन्या पाण्डे र भूमि पेडनेकर देखिने भएका छन् ।

कार्तिक अर्को चलचित्र ‘भूल भुलैया’ को सिक्वेलमा पनि देखिने सम्भावना रहेको छ । निर्माण टिमले चलचित्रका लागि आर्यनलाई फाइनल गरिसकेको छ । ‘भूल भुलैया’ को सिक्वेलको निर्मातासँग भर्खरै भेटघाट गरेका आर्यनलाई चलचित्रको कथा मनगरेको बताएका छन् । हरर कमेडी ‘भूल भुलैया’मा अभिनेत्री विद्या बालनको भूमिका निकै डरलाग्दो र रहस्यमयी थियो । अभिनेता अक्षय कुमार मुख्य रोलमा थिए ।


Views: 57