20th July | 2019 | Saturday | 9:03:56 AM

आदित्य काठमाडौं आउने

  POSTED ON : जेठ ३१, २०७६ (११:४१ AM)

आदित्य काठमाडौं आउने

काठमाडौं (हिटा) । भारतका गायक आदित्य नारायण झा काठमाडौं आउने भएका छन् । केही वर्षअगाडि पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाडांैका संगीत प्रेमीलाई आफूसँगै झुमाउन आउने भएका हुन् ।

जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टरसमेत रहेका आदित्य प्रसिद्ध गायक उदीत नारायण र दीपा झाको छोरा हुन् ।

सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होष्ट गरेर चर्चामासमेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’मार्फत पाश्र्व गायकको रूपमा डेब्यु गरेका थिए । रंगीला चलचित्रमार्फत अभिनय सुरु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’ मा पनि बाल कलाकारको रूपमा काम गरिसकेका छन् भने उनले एक्टरको रूपमा शापितमार्फत डेब्यु गरेका थिए । 

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । 

आदित्यले पनि आफू नेपाल आउन लागेकोमा खुशी व्यक्त गरेका छन् । उदीतका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महŒवका साथ हेर्ने गरिन्छ भने युवापुस्ता माझ उनको क्रेज राम्रो छ । आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । 


Views: 101

सम्बन्धित सामग्री: