24th July | 2019 | Wednesday | 8:38:48 AM

मीनु भइन् मिसेस नेपाल ग्ल्याम

हिमालय टाइम्स   POSTED ON : असार ३, २०७६ (७:४६ AM)

मीनु भइन् मिसेस नेपाल ग्ल्याम

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मीनु प्रधान श्रेष्ठले जितेकी छन् । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतियोगितामा १६ प्रतियोगीलाई पछि पार्दै कोटेश्वर निवासी मीनुले उपाधि चुमेकी हुन् । मोस्टफ्रेड्ली उपाधिसमेत हातपारेकी मीनुले ताजसहित विभिन्न अवसर र गिफ्ट पुरस्कारको रूपमा प्राप्त गरेकी छन् । 

राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आइतबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा सोनिका कार्की फष्ट रनरअप र प्रज्ञा श्रेष्ठ सेकेण्ड रनरअप घोषित भए । सोनिकाले बेष्ट ¥याम्प वाक र मोष्ट ट्यालेण्ट उपाधिसमेत हात पार्दै प्रज्ञा फेसबुक च्वाइस र युट्युब मोष्टम्युज विजेता बनिन् । आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा अञ्जु खड्का राई बेष्ट पर्सनालिटी उपाधिसहित थर्ड रनर अप भइन् भने बेष्ट स्पिचसहित फÞोर्थ रनर अप देवकी सेवा नेपाली बन्न सफल भइन् । 

अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफी प्रतियोगितामा जिभिन्न आधादर्जन विधामा समेत विजेता छानिएको थियो । जसमा कल्पना प्रधान पब्लिक च्वाइस र भ्युवर्स च्वाइस, बिनु शाही बेष्ट फिÞट्नेस, सुनिता फुयाँल क्षत्री बेष्ट हेयर, शिल्भा तुलाधर मोष्ट फÞोटोजेनिक, पनिता राई बेष्ट स्किन, सीमा शर्मा बेष्ट स्माइल, सीमा घतान विश्वकर्मा सोशली रेस्पोन्सिबल, सोना राई लामा फेसन आइकान र प्रतिमा अधिकारी मोष्ट क्रियटिव विजेता बने । 


Views: 93