20th July | 2019 | Saturday | 9:21:29 AM

‘फिल्मको अफरै आएन’

हिमालय टाइम्स   POSTED ON : असार ८, २०७६ (१२:०५ PM)

‘फिल्मको अफरै आएन’

काठमाडौं । डेढ दशकअघिको समयमा नेपाली चलचित्रमा निकै सक्रिए नायिका रेजिना उप्रेती अहिले चलचित्रको कामविहीन छन् । उनले आजभोली आफूलाई चलचित्रको अफर नै नआउने बताउँछिन् । उनी अहिले हातमा चलचित्र नहुँदा म्युजिक भिडियोमा देखिन्छन् । 

केही दिनअघि राजधानीको रत्नपार्कमा एक तीजगीतको छायांकनको क्रममा भेटिएकी रेजिनाले चलचित्र निर्माताले पत्याए फेरि चलचित्रमा देखिने बताइन् । अब चलचित्रको अभिनयमा दर्शकले कहिले देख्न पाउने भन्ने हिमालय टाइम्सको प्रश्नमा उनी भन्छिन्, ‘खै अब निर्माता ज्यूहरूले जहिले पत्याउनुहुन्छ ।’ रेजिनाले आफूलाई चलचित्रमा धेरै भूमिकामै अफर आउनुपर्ने सर्त पनि नराख्ने बताइन् । सानै भए पनि राम्रो भूमिका भए चलचित्रमा काम गर्ने उनले बताइन् । उनी भन्छिन् ‘मैले चलचित्रमा धेरै लामो भूमिका हुनुपर्छ पनि भन्दिनँ ।’

रेजिनाले आफू चलचित्रमा देखिनकै लागि मात्र भने काम नगर्ने बताउँछिन् । ‘केही वर्ष परिवारलाई दिएँ त्यसैले दर्शकले मलाई हराइन् भन्नुभयो होला तर अहिले चलचित्रलाई समय दिन्छु भन्ने लागेको छ । आशा छ छिट्टै चलचित्रमा आउनेछु’, रेजिनाले भनिन् । केही समयअघिमात्रै चलचित्र कलाकार संघको चुनावबाट उपाध्यक्ष पदमा सर्वाधिक मदबाट जितेकी उनले म्युजिक भिडियोमा अफर आइरहेको बताइन् । वर्षमा कम्तीमा तीनवटा तीजगीतमा अभिनय गर्ने रेजिनाका अन्य विधाका गीत पनि सार्वजनिक भइरहेका हुन्छन् ।


Views: 92

सम्बन्धित सामग्री: