20th July | 2019 | Saturday | 9:00:14 AM

कृतिका मिस टिन एसइइ

हिमालय टाइम्स   POSTED ON : असार ११, २०७६ (७:१७ AM)

कृतिका मिस टिन एसइइ

काठमाडौं । कृतिका केसीले मिस टिन एसइइको उपाधि जितेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको यो प्रतियोगितामा उनले मुख्य उपाधिका साथमा वेष्ट ¥याम्प वाकको उपउपाधि पनि जितिन् । पाँचौं संस्करणको प्रतियोगितामा काठमाडौंको पेप्सिकोलाकी कृतिकाले मुख्य उपाधि जितेसँगै सेलिना जोशी फष्ट रनर्सअपका साथमा मष्ट फोटोजेनिक, सरिता रुवाली सेकेण्ड रनर्सअपका साथमा फेसबुक च्वाइस र मिस ट्यालेन्ट, लिना तामाङ थर्ड रनर्स अपका साथमा मष्ट पपुलर तथा अविना केसी फोर्थ रनर्सअपका साथमा व्युटि विथ पर्पसको विजेता भइन् भने अस्मिता श्रेष्ठ पब्लिक च्वाइसका साथमा भ्युवर्स च्वाइस र वेष्ट सिंगर भइन् । 

अश्विनीकान्त झाको कार्यक्रम सञ्चालन र कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा युनिशा पुन वेष्ट हेयर, सोफिया प्रसार्इं वेष्ट स्किन, प्रीति गिरी मष्ट डिसिप्लिन, कृति सिम्खडा वेष्ट स्पिच, कृपा गुरुङ वेष्ट पर्सनालिटी, सिमरन शाही ठकुरी वेष्ट फिजिक, जस्मिन सुनार मष्ट फ्रेण्डली, कृष्टिलिना स्थापित फेसन आइकन, संयुक्ता रिजाल सोशल वेलफेयर एम्बेष्डर, लिना तामाङ वेष्ट डान्सर, कृतिका श्रेष्ठ मष्ट क्रियटिभ, समिका काफ्ले मष्ट व्युटिफूल, बबिना खड्का मष्ट आइकनिक आइज, युनिका बस्नेत मिस कन्जिनियालिटी, प्रियस्का खडका वेष्ट फिटनेस, अञ्जु श्रेष्ठ मेनेजमेन्ट च्वाइस, अनुस्का घिमिरे मष्ट एक्टिभ, कृपा गुरुङ युट्युव वेष्ट भ्युज, सुविधा अधिकारी मष्ट गर्जियस र स्वीकृति पराजुली युथ विथ रेस्पन्सिबलिटी भए ।

पूर्वप्रधान सेनापती रुक्मांगद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डा.अनिल मिश्रा, डा. आभाष लाभ, प्रा. सुदन डोटेल, अभिनेता आयुष रिजाल, मिसेस एशिया प्याशिफिक इन्टरनेशनल तथा मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा गिरी र मिसेस नेपाल ग्ल्याम एलिजा महर्जन निर्णायक थिए । 


Views: 56

सम्बन्धित सामग्री: