19th October | 2019 | Saturday | 8:42:41 AM

शम्भु राई र प्रकाश सपुतवीच सहमति–संगीतकारमा शम्भु राई हुने

हिमालय टाइम्स   POSTED ON : असार ११, २०७६ (४:२१ PM)

शम्भु राई र प्रकाश सपुतवीच सहमति–संगीतकारमा शम्भु राई हुने

काठमाडौं । गायक शम्भु राईको देउसी भैलो गीत ‘आउ नाचौँ साथी हो’ सँग गीत ‘गलबन्दी’ को लय मिलेको भन्ने विवाद टुंगिएको छ । 

दाबी गर्ने राई र आक्षेप लागेका सपुतबीच ४ बुँदे सहमति भएसँगै यो विवाद किनारा लागेको हो ।

मंगलबार गायक राई र गायक सपुतबीच सहमति भएको छ ।

केही समयदेखि लय मिलेको विवादमा रहेको गीत ‘गलबन्दी’का दुई पक्षले सहमति गरेका छन् । गीतका गायक, संगीतकार र गीतकार प्रकाश सपुत र लय मिलेको दाबी गर्ने गायक शम्भु राईबीच सहमति भएको हो।

उक्त गीतमा शम्भु राईको नाम संगीतकारका रुपमा राख्नेगरी सहमति भएको छ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।  ‘गलबन्दी’ को संगीतमा शम्भुको नाम राखिने तर, आर्थिक क्षतिपूर्ति दावी नगर्ने सहमति भएको छ ।

शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमति पनि दुई गायकवीच भएको छ ।




Views: 164