10th December | 2019 | Tuesday | 2:45:27 AM

प्रेम गीत–३ मा अनुभव

हिमालय टाइम्स   POSTED ON : असार १२, २०७६ (१०:१२ AM)

प्रेम गीत–३ मा अनुभव

काठमाडौं । चलचित्र प्रेम गीतको तेस्रो सिरिजमा बाल कलाकारको रूपमा अनुभव रेग्मी अनुबन्धित भएका छन् । ‘प्रेम गीत–३’मा बाल राजकुमार अर्थात् प्रदीप खड्काको बाल भूमिकामा बाल अभिनेता अनुभव रेग्मी हुने भएका हुुन् । निर्माण कम्पनी आसुसेन फिल्मस्का तर्फबाट मंगलबार बेलुका अनुबन्धित गरिएको हो । 

सो सम्झौताअनुसार अनुभवले प्रेम गीत–३ मा मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था अर्थात प्रेमको भूमिका निर्वाह गर्नेछन् । उनको भूमिका पनि निकै प्रभावशाली भएको यसका निर्माता, निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । ‘प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले हामीले उनीसँग सम्झौता गरेका छौं’, प्रेम गीत ३ फ्रेन्चाइजका निर्देशक सन्तोष सेनले भने । 

निर्देशक सेनका अनुसार सो चलचित्र करिब ४ करोडको लगानीमा निर्माण हुँदैछ । प्रेम गीत ३ मा यसअघि मुख्य नायकमा अभिनेता प्रदीप खड्कासहित वरिष्ट अभिनेता शिव श्रेष्ठ, खलअभिनेता सुनिल थापा, मोडलिङ फिल्डमा नयाँ पहिचान बनाउन सफल मनिष राउत, प्रेम पुरीसहितका कलाकारहरू अनुबन्धित भइसकेका छन् । 

चलचित्रको प्रिप्रोडक्सनअन्तर्गतको कास्टिङ चयनको कार्य पूरा हुन लागेको पनि निर्देशक सेनले जानकारी गराए । उनका अनुसार अबको एक हप्ताभित्र प्रेम गीतमा गीतको भूमिकाका लागि नायिकाको चयनको घोषणा पनि गरिनेछ यो टिमले प्रेम गीत ३ का लागि हिरोइन अडिशन आहृवान गरेको थियो । 

जसका लागि विश्वभर रहेका २७ सय २४ जना नेपाली युवतीहरूले फारम भरेका थिए । त्यस मध्येबाट उत्कृष्ट २५ को अडिशन हालै सम्पन्न गरिएको हो । ती २५ बाट सर्वोत्कृष्ट एकजनालाई नायिकाको रूपमा चयन गर्ने तयारीमा आफूहरू रहेको निर्देशक सेनले जानकारी गराए । 


Views: 129

सम्बन्धित सामग्री:

श्रीदेवी सम्झाउने जान्हवी

: मंसिर २३, २०७६ (४:४७ PM)

‘मलाई कहिल्यै दुःख लागेन’

: मंसिर २३, २०७६ (४:४५ PM)