19th October | 2019 | Saturday | 8:56:51 AM

झिंगेदाउमा केकी र मुकुनको जोडी

हिमालय टाइम्स   POSTED ON : असार २५, २०७६ (११:५८ AM)

झिंगेदाउमा केकी र मुकुनको जोडी

काठमाडौं । नायिका केकी अधिकारी र नायक मुकुन भुसालको मुख्य भूमिका रहने गरी ‘झिंगेदाउ’ निर्माण हुने भएको छ । मुकुनले यसअघि चलचित्र ‘बुलबुल’बाट आफ्नो अभिनय देखाइसकेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन रहने सो चलचित्रमा केही दिनअघि केकीले चलचित्र हस्ताक्षर गरेकी थिइन् । चलचित्रमा मुकुन र केकी जोडीकै रूपमा रहनेछन् । 

चलचित्रको कथानुसार क्यारेक्टरमा डुब्न सक्ने कलाकारको खोजी गरिरहँदा केकी चलचित्रका लागि फिट रहने विश्वास गर्दै केकीलाई फाइनल गरेको ज्ञानेन्द्रले बताएका छन् । यी दुईवाहेक चलचित्रमा अन्य तीन कलाकार फाइनल भइसकेका छन् । हालै निर्माण टिमले सबै कलाकार सार्वजनिक गर्न चाहेका छैनन् ।

चलचित्रको विषयलाई लिएर भव्य प्रेसमिट राख्दै अन्य कलाकार चिनाउने निर्माण टिमको सोच छ । भदौदेखि छायांकन सुरु गरिने यस चलचित्रमा निर्देशक स्वयंको निर्माण रहनेछ । अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथा र संवाद रहने सो चलचित्र कपन गढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुनेछ ।


Views: 96