24th February | 2020 | Monday | 8:06:47 AM

डा. सुरेन्द्र केसीलाई करिश्मा मानन्धरको इन्काउन्टर

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७६ (६:३० PM)

डा. सुरेन्द्र केसीलाई करिश्मा मानन्धरको इन्काउन्टर

डा. सुरेन्द्र केसीलाई करिश्मा मानन्धरको इन्काउन्टर

हिमालय टाइम्स काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले विश्लेषक डा. सुरेन्द्र केसीले आफ्नो विषयमा दिइएको एक अभिव्यक्ति प्रति आपक्ति जनाएकी छन् ।

आज सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्ना श्रीमान विनोदले परिचय दिदा मेरो नाम लिनुलाई कसरी इज्जत विहिन भयो भनेर प्रश्न गरेकी छन् । 

उनले स्टाटसमा लेखेकी छन् –


 डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !! 


हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।

जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ ) 

बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ? 

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।

तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।

बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।

सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।

अब आइन्दा बोल्दा विचार गर्नुहोला ।

सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।



Views: 187