25th August | 2019 | Sunday | 5:30:21 PM

राखीको गुपचुप बिहे

एजेन्सी   POSTED ON : श्रावण २०, २०७६ (९:३० AM)

राखीको गुपचुप बिहे

मुम्बई । बलिउडकी ‘कन्टोभर्सी क्विन’को रूपमा परिचित राखी सावन्तले गुपचुप बिहे गरेको स्वीकारेकी छन् । सुरुमा उनले बिहे गरेको अस्वीकार गरे पनि अन्ततः उनले आफूले गुपचुप बिहे गरेको स्वीकारेकी हुन् । हालै उनले एउटा अन्तर्वार्तामा आफूले विवाह गरेको खुलासा गरेकी हुन् । उनले भनिन्, ‘म निकै डराएकी थिएँ, हो मैले विवाह गरेकी हुँ ।’ उनले थप्दै भनिन्, ‘मेरो श्रीमानको नाम रितेश हो । उहाँ एनआरआई हो र बेलायतमा बस्नु हुन्छ । उहाँ अहिले बेलायत फर्किसक्नु भयो । मेरो भिसाको प्रक्रिया चलिरहेको छ । म पनि छिट्टै उहाँसँग बेलायत जानेछु ।’

साथै राखीले यति राम्रो पति पाएकोमा जिजस क्राइस्टलाई धन्यवादसमेत दिएकी छन् । राखीले बताए अनुसार उनको पति रितेश उनको फ्यान थिए । रितेशले उनलाई हृवाट्सएपमा म्यासेज गर्दथे । करिब डेढ साल डेट गरेपछि रितेशले राखीसामु प्रेम प्रस्ताव राखेका थिए । राखीले रितेशलाई पहिलोपटक बिहेको १५ दिनअघि मात्र भेटेको दाबी गरेकी छन् ।


Views: 72

सम्बन्धित सामग्री: