25th August | 2019 | Sunday | 5:35:14 PM

यसपालिको गाईजात्रा सातै प्रदेशमा

हिमालय टाइम्स   POSTED ON : श्रावण २१, २०७६ (१०:५६ AM)

यसपालिको गाईजात्रा सातै प्रदेशमा

काठमाडौं । यसवर्ष गाईजात्रा सातै प्रदेशमा देखाइने भएको छ । विगतमा काठमाडौंमा मात्रै देखाइने गाईजात्रा यसवर्ष भने उपत्यका बाहिरका विभिन्न प्रदेशका मुख्य शहरमा देखाइने सोमबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । ब्राण्डवर्थ प्रालिले ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ नाम दिइएको कार्यक्रम १० दिनको हनेछ । 

कार्यक्रम प्रदेश १ को विराटनगरमा यही साउन ३१ गतेबाट सुरु भएर धनगढी हुँदै काठमाडांैमा अन्त्य हुनेछ । कार्यक्रममा प्रख्यात हास्य कलाकारहरू मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मूला साग), रवि डंगोल, यमनश्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा, (काउली बुढी), सुमन कार्कीले प्रस्तुति दिने छन् । साथै यो टिममा डान्सर रुविना अधिकारी पनि रहेकी छन् । 

कार्यक्रममा हास्य अभिनेता मनोजले गाईजात्रालाई आफूहरूले देशको पर्वको रूपमा मान्दै आएको बताए । ‘हामीले देशको पर्वलाई देशैभर लैजानुपर्छ भन्ने लागेर सातै प्रदेशमा जान लागेका हौं’, मनोजले भने, ‘विकृति र विसंगति जताजता हुन्छ, हास्यव्यंग्य त्यता जान्छ । हास्न पाउनु सबै नेपालीको अधिकार हो ।’

त्यसैगरी चर्चित हास्यकवि शैलेन्द्र सिम्खडाले व्यंग्यात्मक शैलीमा भने, ‘राजनीतिले बाँडेको छ सात प्रदेशमा यो देश, संस्कृतिले जोडेको छ हिमाल, पहाड, मधेस,विकास जान ढिला भयो सिमेन्ट, पाइप, डण्डी, अलकत्रा, संस्कृतिले पाइला सा¥यो प्रदेश प्रदेशमा गाईजात्रा ।’ ब्राण्डवर्थ प्रालिले आयोजना गर्ने यस कार्यक्रममा मुलुकभरका ५ हजारदेखि ७ हजार दर्शकले प्रत्यक्ष रूपमा मनोरञ्जन प्राप्तगर्ने अपेक्षा रहेको आयोजक ब्राण्डवर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए । 


Views: 75

सम्बन्धित सामग्री: