25th August | 2019 | Sunday | 5:27:55 PM

१३ लाखमा मायालु तिमी कता छौं

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७६ (११:०० AM)

१३ लाखमा मायालु तिमी कता छौं

काठमाडौं । अहिले नेपाली गीतसंगीतको बजारमा लगानी बढ्दै गएको छ । दिनप्रतिदिन गीत सार्वजनिक भइरहेका छन् । दिनहुँ लाखौंको लगानी गीतसंगीतमै छ । भिडियो मेकिङमा पनि खर्च बढ्दै छ । 

म्युजीक भिडियो मेकिङमा खर्च प्रयाप्त गर्ने निर्माण कम्पनीमा शुभ मिडिया पनि अग्रपंक्तिमा आउँछ । चलचित्रका गीत निर्माण गर्दा प्रयोग हुने टिमलाई नै लिएर शुभ मिडियाले गीतसंगीत मेकिङ गरिरहेको हुन्छ । यो कम्पनीबाट एकैगीतमा यसअघि पाँचदेखि दश लाख रुपैयाँसम्म खर्चिएको पाइएको थियो ।

यसै कम्पनीबाट निर्माण भएको ‘मायालु तिमी कता छौं’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको छ । जुन गीतको मेकिङ उत्कृष्ट देखिन्छ । शुभ मिडियाका प्रबन्ध निर्देशक तथा यसै गीतको भिडियोका निर्देशक सरोज वलीका अनुसार गीत रेकर्डदेखि भिडियो मेकिङ र कलाकारको पारिश्रमिक गरेर जम्मा १३ लाख खर्च गरिएको छ । २२ दिन लगाएर सेट तयार पारेर सुटिङ गरिएको सो म्युजिक भिडियोमा हालसम्मकै फरक प्रयोग गरिएको सरोज बताउँछन् ।

गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर छ । गीतमा शब्द दिनेश थपलियाको छ भने संगीत राजनराजले नै दिएका छन् । गीतको भिडियोमा डाण्सिङ ग्रुप कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ । सँगै गायिका स्मिताले पनि नृत्य गरेकी छन् । 

६ मिनेट लामो भिडियोको अधिकांश सिनमा पानी पारिएको छ । गीतको शब्दमै पानी भएकाले भिडियोमै पानी देखाउनु परेको निर्देशक सरोज बताउँछन् । भिडियोमा विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् भने सञ्जय लामाले खिचेका छन् । 

भिडियो सुटिङको क्रममा डाण्सर आश्मा विश्वकर्मा लगातारको पानीमा भिजेको कारण बेहोस भएकी थिइन् । सरोजका अनुसार आश्मा लगातार २३ घण्टासम्म पानीमा भिजेकी थिइन् । आश्माले लगातार पानीमा भिज्दा केहीबेर होस् हराएको बताइन् । 

हिमालय टाइम्ससँग कुरा गर्दै आश्माले भनिन्, ‘लगातार भिज्दा गाह्रो भएको थियो । ढलेकी रहेछु, पछि अस्पतालमा पुगेपछि थापा पाएकी थिएँ ।’ सरोजले पनि आफूलाई गाह्रो भएको बताए । अहिले गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाउँदा खुशी लागेको सरोज बताउँछन् ।


Views: 92

सम्बन्धित सामग्री: