25th August | 2019 | Sunday | 5:54:32 PM

जाइरा ट्रेलरमा नम्रताको भरपुर एक्सन (भिडियो)

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७६ (८:३६ AM)

जाइरा ट्रेलरमा नम्रताको भरपुर एक्सन (भिडियो)

काठमाडौं। आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आशुतोषराज श्रेष्ठ निर्देशित ‘जाइरा’को ट्रेलरमा प्रमुख नायिका नम्रता श्रेष्ठको एक्सन भरपुर रूपमा देखाइएको छ । 

बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरका अनुसार चलचित्रमा भरपुर एक्सन देख्न पाइनेछ । २ मिनेट १ सेकेण्ड लामो ट्रेलर भरि नै एक्सनको पार्टलाई प्राथमिकतामा राखिएको छ भने मायाप्रेमको पार्ट निकै कम छ । 

चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको उनको लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउने निश्चित छ । चलचित्रका लागि उनले आफ्नो कपाल तिलाञ्जलि दिएकी थिइन् । चलचित्रको ट्रेलरमा भर्सटायल अभिनेता प्रमोद अग्रहरिको लुक्स र गेटअपले पनि ध्यान खिच्न सफल छ । 

‘जाइरा’मा नम्रता र प्रमोदसँगै अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, नवकलाकारहरू सिर्जना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन् । निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्र बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ । 

अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानर तथा कटामरी फिल्मसको सहकार्यमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । ‘जाइरा’मा एक्सन अवतारमा प्रस्तुत भएकी अभिनेत्री नम्रताले आफूले कहिल्यै एक्सन चलचित्र गर्नेबारे नसोचेको बताउँछिन् । निर्देशक श्रेष्ठले कन्भिन्स गराएपछि आफू यो फिल्म गर्न तयार भएको उनको भनाइ छ ।


Views: 212

सम्बन्धित सामग्री: