6th December | 2019 | Friday | 6:29:25 AM

मिस टिन प्लस टु फ्ल्याभिया

हिमालय टाइम्स   POSTED ON : श्रावण २४, २०७६ (११:२५ AM)

मिस टिन प्लस टु फ्ल्याभिया

काठमाडौं । ‘मिस टिन प्लस टु २०१९’को पाँचौं सिजनमा फ्ल्याभिया मर्हजन प्रथम भएकी छिन् । काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न फाइनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि हात पारेकी हुन् । 
उनले वेष्ट डान्सको उपाधिसमेत जित्न सफल भइन् । प्रतियोगितामा फष्ट रनर्स अप तथा मष्ट फिटनेस सुजियाना देसार, सेकेण्ड रनर्स अप तथा फेसबुक च्वाइस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मष्ट फोटोजेनिक तथा युट्युव मष्ट भ्युज श्रेया भट्ट र पब्लिक च्वाइस विजेता, वेष्ट र्याम्प वाक तथा भ्युवर्स च्वाइस सिला बस्नेतले जितेका थिए ।
‘मिस टिन प्लस टु २०१९’मा मष्ट पपुलर बिन्दा विक, वेष्ट स्माइल प्रिया रानामगर, वेष्ट हेयर समीक्षा बस्नेत, वेष्ट स्किन सजना त्वयना वेष्ट पर्सनालिटी एलिना बजगाईं, मष्ट फ्रेन्डली सिवानी बस्नेतले प्राप्त गरे । स्टार वन इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुइँटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेलसहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।
टिनएजर्स युवतीहरूको व्यक्तित्व विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाइरेक्टर बालकृष्ण पोखरेल बताए । सो प्रतियोगिताको आयोजकमा पूजा निरौला रहेकी थिइन् भने उक्त प्रतियोगितालाई कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन अश्विनी झाले गरेका थिए ।

Views: 99