25th August | 2019 | Sunday | 6:21:23 PM

वरुणको पारिश्रमिक ३३ करोड

  POSTED ON : श्रावण २६, २०७६ (३:५६ PM)

वरुणको पारिश्रमिक ३३ करोड

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता वरुण धवनले नयाँ चलचित्र ‘स्ट्रिट डान्सर थ्रिडी’ मा काम गर्ने भएका छन् । चलचित्रमा वरुणको साथमा अभिनेत्री श्रद्धा कपुरको मुख्य भूमिका रहनेछ । डान्समा आधारित चलचित्रमा वरुणका साथै अभिनेत्री श्रद्धा कपुरले समेत कडा मिहिनेत गरेकी छन् । 

चलचित्रमा नोरा फतेहीको पनि भूमिका रहनेछ । वरुणले यस चलचित्रका लागि ३३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको खबरले सिने क्षेत्र निकै तातेको छ । यो रकम बलिउडका नयाँ पुस्ताका अभिनेताले लिइरहेको पारिश्रमिक भन्दा धेरै रकम हो । निर्माताहरूले चलचित्रमा अनुबन्ध भएबापत उनलाई ११ करोड रुपैयाँ अग्रीम दिइसकेका छन् । बाँकी रकम चलचित्रको प्राविधिक काम सकिएलगत्तै दिइनेछ बताइएको छ ।

चलचित्रको छायांकनको क्रममा कैयौं पल्ट कलाकार घाइते तथा बिरामी भएका थिए । यतिसम्म कि छायांकनकै क्रममा वरुण धवन बेहोस भएका थिए । ‘स्ट्रिट डान्सर थ्रिडी’ सन् २०२० को जनवरी २४ मा प्रदर्शन हुनेछ । 


Views: 115

सम्बन्धित सामग्री: