25th August | 2019 | Sunday | 6:29:04 PM

म्युजिक भिडियोमा राते काइँला

(हिटा)   POSTED ON : श्रावण २७, २०७६ (११:०१ AM)

म्युजिक भिडियोमा राते काइँला

काठमाडौं । ‘राते काइँला’ को उपनामबाट नेपाली चलचित्र क्षेत्रमा स्थापित अभिनेता सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा खलनायकको भूमिकाबाट खुबै रुचाइएको सुनिल म्युजकि भिडियोमा पनि खलनायककै भूमिकामा देखिएका छन् । 

भिडियोको सार्वजनिक तस्वीर तथा टिजरमा उनलाई ‘बोस’को रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । सम्भवतः उनि पहिलोपटक हिपहप गीतमा देखिएका हुन् । ‘झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात् विधान रेशमी मगर र नेपालको फाष्ट ¥यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात् सुरजविक्रम थापाले तयार पारेका हुन् । यी दुईसमेत भिडियोमा फिचर्ड छन् ।

यसको अडियो क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियो वेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी छ । भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तर्राष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ । ‘नेपाली हिपहपको सिनारियोमा यो केही फरक रहेको र यसको भिडियो पनि विना सम्झौता तयार गरिएको विधानले बताए । 

सुनिल पनि आफ्नो व्यक्तित्वनुसारै भिडियोमा प्रस्तुत भएको बताए । ‘हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शीतलता दिने भिडियो तयार पारेका छौ’ विधान विश्वस्त सुनिए । गीतको सानो झलक अर्थात् टिजर पनि सार्वजनिक गरिएको छ ।


Views: 79

सम्बन्धित सामग्री: