25th August | 2019 | Sunday | 5:43:28 PM

हजार जुनीसम्ममा आयुषको स्वर

हिमालय टाइम्स   POSTED ON : श्रावण २७, २०७६ (११:०२ AM)

हजार जुनीसम्ममा आयुषको स्वर

काठमाडौं । चलचित्र ‘हजार जुनीसम्म’मा भारतीय रियालिटी शो सारेगमपमा चौथो भएका आयुष केसीले स्वर दिएका छन् । उनले उदय सोताङको हिट गीत ‘हजार जुनीसम्म’का लागि आफ्नो स्वर दिएका छन् । चलचित्रमा यसलाई रि–एरेञ्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् । केही दिनअगाडि आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफूलाई खुशी बनाएको बताए । चलचित्रमा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीत सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ ‘किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत छ । 

उदयको स्वरमा चलचित्रमा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केही सिकाएका थिए । यही साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतको अभिनय छ । 

नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको चलचित्रको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।


Views: 101

सम्बन्धित सामग्री: