25th August | 2019 | Sunday | 5:22:06 PM

नाचघरमा २ दिने गाईजात्रा

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७६ (१०:४१ AM)

नाचघरमा २ दिने गाईजात्रा

काठमाडौं । हास्य कलाकारहरूले आफूहरूको ठूलो पर्व मान्दै आएको ‘गाईजात्रा’ काठमाडौंस्थित सांस्कृतिक संस्थान नाचघरमा यसवर्ष पनि आयोजना हुने भएको छ । यही साउन ३१ र ३२ गते हास्यव्यंग्यको कार्यक्रम ‘गाईजात्रा २०७६’ प्रस्तुत हुने बताइएको छ । कार्यक्रममा हास्यजगतमा ख्यातिप्राप्त राष्ट्रियस्तरका कलाकारको प्रस्तुति हेर्न पाइनेछ । जसमा प्रभाकरदेव शर्मा, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, दमन रूपाखेती, लक्ष्मण गाम्नागे, विष्णु सापकोटा (हर्के हल्दार), राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली केपी ओली), दिलिप तामाङ, पुष्पराज अवस्थी, शशी थापा (प्यारोडी), सुबी शाही (नृत्य), विपिन घिमिरे (गीत) र सन्तोष खनाल (फिल्मी किरो)को उद्घोषण रहनेछ । कार्यक्रममा साउन ३१ गते शुक्रबार दिनको ११ बजे र ३२ गते शनिबार दिनको २ र ५ बजे शो समय रहने बताइएको छ । 

यसवर्षको गाइजात्रा अन्य कलाकार समूहले पनि सातै प्रदेशमा गर्ने घोषणा गरेका थिए । केही दिनअघि मनोज गजुरेल, शैलेन्द्र सिम्खडालगायतको टिमले सातै ठाउँमा गाईजात्रा देखाइने बताएका थिए ।

Views: 84

सम्बन्धित सामग्री: