19th October | 2019 | Saturday | 8:36:41 PM

राहुल र एलिशाको फर्की फर्की

  POSTED ON : भदौ ८, २०७६ (४:४७ PM)

राहुल र एलिशाको फर्की फर्की

काठमाडौं (हिटा) । नेपाली म्युजिक भिडियोमा विशेषगरी आफ्नो फरक नृत्य देखाएर लोकप्रिय बनेको जोडी राहुल शाह र एलिशा शर्माले नयाँ म्युजिक भिडियोमा नृत्य गरेका छन् । शनिबार इन्टरनेटमार्फत सार्वजनिक ‘फर्की फर्की’ बोलको गीतमा यी दुईको प्रेमभाव देखिन्छ । गीतमा नविन रावल र सदीक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् । 

चलचित्रकै शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले लेखेका हुन् । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन् । भिडियो निकै आकर्षक बनेको छ । राहुलको कोरियोग्राफी प्रशंसनीय छ । गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । 

चारवटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदीक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, युनिशा, मेरी, सञ्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् । 


Views: 82